धादिङ, १३ असोज ।
आज धादिङका १५ जनामा स्क्रब टाईफस संक्रमण देखिएको छ । स्वास्थ्य कार्यलय धादिङका अनुसार नीलकण्ठ नगरपालिकाका १०, ज्वालामुखी गाउँपालिकाका ५ जनामा स्क्रब टाईफस संक्रमण देखिएको हो ।
चालु आर्थिक वर्षमा मात्रै धादिङका १७९ जनालाई स्क्रब टाईफस संक्रमण भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । स्क्रब टाइफस रोग ’ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीको संक्रमणले लाग्ने रोग हो। यो परजीवीलाई एक प्रकारको माइट (किर्ना वा जुम्रा जस्तो सुक्ष्म कीरा)ले सार्ने गर्दछ।
स्क्रब टाइफस संक्रमण भएपछि कतिपयको शरीरमा रातो बिबिरा देखिन्छ भने कतिपयमा नदेखिन पनि सक्छ। स्क्रब टाइफसको जीवाणु शरीरमा प्रवेश गरेको ५ देखि ६ दिनपछि व्यक्तिलाई कडा ज्वरो आउने, शरीर दुख्ने, रातो बिबिरा देखिने, ग्रन्थीहरू सुन्निने लक्षणहरू देखिन्छन्।
संक्रमणबाट जोगिन माइटको टोकाइबाट बच्नुपर्ने हुन्छ । खेतबारी, बुट्यान, जङ्गलतिर जाने व्यक्तिलाई पनि संक्रमण हुने सम्भावना रहने हुन्छ। घरभित्र मुसा भएको अवस्थामा पनि संक्रमणको जोखिम हुन्छ। स्क्रब टाइफसको संक्रमणबाट किसानहरू बढी पीडित भएको पाइन्छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |