नीलकण्ठ समाचारदाता । आज विश्व मुटु दिवस धादिङ सहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ । विश्व मुटु दिवसको अवसरमा धादिङमा प्रभातफेरी, अभिमुखीकरण र धादिङ अस्पताललाई ईसिजी मेसिन हस्तान्तरण गरेर दिवस मनाईएको हो । मन लगाउँ, आफनो मुटु बचाउँ भन्ने मुल नाराका साथ धादिङबेशी स्थित पुछारबाट सुरु गरिएको प्रभातफेरी धादिङ अस्पतालमा पुगेर अभिमुखिकरण कार्यक्रम परिणत भएको थियो।
अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्नुहुदै धादिङ अस्पतालका निमित्त मेसु डा.सुरेन्द्र प्रसाद भट्टले जन्मजात, बाल अवस्था र वृद्धा अवस्थामा हुने मुटु रोगको बारेमा चर्चा गर्दै सवैलाई सचेत रहन आग्रह गर्नु भएको छ । बृद्ध अवस्थामा आउने मुटु रोग मुख्य तय खानपान तथा जीवन शैलीले आउने हुँदा जाँडरक्सी, सुर्ती, चुरोट तथा चिल्लो, पिरो, बोसो, भुटेका, तारेका खानेकुरा नखाए मुटु रोगबाट बच्न सकिने उहाँको भनाई छ । डा. भट्टका अनुसार अहिले युवावस्थामा नै मुटुमा समस्या हुँदा धेरै मानिसलाई हृदयघात हुने गरेको छ । जन्मजात हुने मुटुुरोगमा कुनै न कुनै कारणले बच्चाको बढ्ने प्रक्रियामा ठेस पुग्दा अथवा ढिला भयो भने मुटु राम्रो नबन्ने उहाँले बताउनु भयो । गर्भवस्थाका महिलाहरुले २० हप्ताको भिडियो एक्सरे गरेर बच्चाको मुटु राम्रो नभएमा गर्भपतन गर्न मिल्ने उहाँले बताउनुभयो । त्यसो गर्नाले भविष्यमा आउने बच्चा, वयस्क अथवा वृद्धहरुमा जन्म जात आउने मुटु रोगको संख्यामा कमी आउने उहाँको भनाई छ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङ शाखाका सभापति राजकुमार श्रेष्ठको सभापतित्वमा भएको अभिमुखिकरण कार्यक्रममा एक थान ईसिजी मेशिन समेत धादिङ अस्पताललाई हस्तान्तरण गरिएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रले जिल्ला शाखा धादिङलाई प्रदान गरेको सोहि मेशिन आज एक कार्यक्रमका बिच धादिङ अस्पताललाई हस्तान्तरण गरिएको हो । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य सङ्गठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । पछिल्लो समय मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
नेपालमा अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ । सरकारी तथ्याङ्क अनुसार झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्टेरोल छ । १० प्रतिशतलाई मधुमेह रहेको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली,जिल्ला समन्वय समितिका उप प्रमुख कुलमान बिश्वकर्मा, धादिङ अस्पतालका अध्यक्ष राजाराम रिजाल लगाएतका ब्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |