बेनिघाट रोराङ समाचारदाता । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउपालिका वडा न १० स्थित जयपुरी सामुदायिक स्वास्थ्य ईकाइ जयपुरीमा घुम्ती आँखा जाँच शिविर सम्पन्न भएको छ ।
बुधबार सम्पन्न आँखा शिविरमा ७० जनाले आखा जाँच गराएका थिए । शिविरमा आँखा जाँच गराएका मध्ये १४ जनाको मोतियाबिन्दु भएको भेटिएको छ । धादिङको बेनिघाट रोराङ गाउपालिकामा संचालन भैरहेको घुम्ती आँखा जांच शिविर आज वडा न ४ स्थित इराङ सामुदायिक स्वास्थ्य ईकाईमा हुने भएको छ ।
त्यसैगरी १२ गते वडा न ३ को कार्यालय रिचोकटार मलेखुमा,१३ गते वडा न १ को जरुङ आधारभुत बिद्यालय जरुङमा, १४ गते वडा न ७ स्थित चरौदी आधारभुत स्वास्थ्य केन्द्र,चरौदी तथा वडा न ९ स्थित जोगिमारा स्वास्थ्य चौकीमा र १६ गते वडा न २ महादेवस्थान स्थास्थ्य चौकी ताल्तीमा हुने भएको छ ।
सवै स्थानमा भएको आँखा जाँच पश्चात मोतियाबिन्दु भएकाहरुलाई १७ र १८ गते बेनिघाट रोराङ गाउँपालिका स्थित भद्रकाली आँखा अस्पतालमा निशुल्क मोतिया विन्दुको अप्रेसन गरिने बेनिघाट रोराङ गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख व्रजेश तामाङले बताउनु भयो ।
आँखा जाँच शिविर बेनिघाट रोराङ गाउपालिका,नेपाल नेत्रहीन संघ,पुनस्र्थापना कार्यक्रम गोरखा र भरतपुर आँखा अस्पतालको सयुक्त आयोजनामा सचालन हुँदै आएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |