धादिङ, ०७ असोज ।
नीलकण्ठ नगरपालिकाका थप ५ जनालाई डेंगु संक्रमण भएको छ। आईतबार नगरपालिकाका ३ जना महिला र २ जना पुरुष गरी ५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय धादिङका अनुसार हालसम्म नीलकण्ठ नगरपालिकाका २५ सय ७१ जनामा डेंगु संक्रमण भएको छ ।
चालु आर्थिक वर्षको साउन महिना यता जिल्लामा १६ सय १० जना महिला र १५ सय ४ जना पुरुष गरी ३१ सय १४ जना डेंगु संक्रमित भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
जिल्लको ज्वालामुखी गाउँपालिकामा १३६ जना, सिद्धलेकमा ११४ जना, बेनीघाट रोराङमा ७६ जना, त्रिपुरासुन्दरीमा ६७ जना, गजुरीमा ३४ जना, गंगाजमुनामा २७ जना, खनियावासमा १९ जना, रुवीभ्यालीमा १८ जना, नेत्रावती डबजोङमा १७ जना, गल्छीमा ११ जना, धुनीबेशीमा १० जना र थाक्रे गाउँपालिकामा १ जना संक्रमित रहेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |