धादिङ । अहिले माओवादी नेता कार्यकर्ताहरुको ब्यवहारमा सुधार हुन थालेको देखिन्छ । जनता संग माओवादी विशेष रुपान्तरण अभियानको क्रममा गाउँ गाउँमा पुगेर पुरानै शैलिमा जनमुखी काम गर्न थालेपछि स्थानियहरु समेत दङ्ग पर्न थालेका छन् ।
धादिङको १०४ वटै वडामा फरक फरक शैलीमा एकै चोटी अभियान सुरु गरेको माओवादीले हाल गाउँ गाउँमा जनताका दुखमा मलम लगाईरहेका देखिन्छन् । अभियान कै क्रममा पनि नेताले कार्यकर्तालाई गरिने ब्यवहारमा आत्मालोचित हुँदै सुधार भएको भेटिएकोले कार्यकर्ताहरु समेत खुसी देखिन्छन् । पछिल्ला दिनहरुमा माओवादीले गाउँ गाउँमा गएर बिगतका जस्तै बाटो खन्ने,समुदाय, समाजमा सरसफाई गर्ने, किसानको खेतबारीमा काम गरिदिने, दुखका कुरा सुनिदिने र समाधान पनि बताईदिने गर्न थालेका छन्।
पछिल्लो समय खनियाबास गाउँपालिकाका माओवादीहरुले पहिरोले क्षतबिक्षत भएको वडा न ४ को धार्नाका पहिरोमा बाटो बनाए । सिद्धलेकका माओवादीहरुले किसानको खेतमा गएर गोडमेल गरिदिए । बेनिघाट रोराङका माओवादीहरु शहिद परिवारका सदस्यहरुलाई भेटघाटमा ब्यस्त छन् । नीलकण्ठमा पनि माओवादीहरु जनताका घरघरमा जान थालेको देखिन्छ । सुरुवातीका यी गतिबिधिहरु हेर्दा धादिङमा माओवादी अभियानले सार्थकता पाउने संकेत देखिन्छ ।
धादिङ जिल्लाका अन्य स्थानहरुमा पनि आत्मालोचना सहितको अन्तरक्रिया,योजना निर्माणका लागी बैठक,भेला,प्रशिक्षण जस्ता गतिबिधिहरु भैरहेको देखिन्छ । माओवादी बाट निर्वाचित जनप्रतिनिधिहरुलाई पनि अभियान झस्काएको देखिन्छ । उनिहरु पनि जनताका घरदैलोमा आफुले गरेका गतिबिधि र जनताका समस्या सुन्न ब्यस्त देखिन्छन् । कतिपय स्थानमा आफुहरु जनता संग जवाफदेहि र पारदर्शिताका लागी पार्टीकै आयोजनामा सार्वजनिक सुनुवाई लगाएतको कार्यक्रमहरुको समेत तयारी भैरहेको अभियानमा खटिएका एक नेताले बताए ।
पहिरोमा बाटो बनाउँदै खनियाबासका माओवादीहरु खेतबारीमा काम सघाउँदै सिद्धलेकका माओवादीहरुशहिद परिवारका सदस्यलाई भेटघाट गर्दै बेनिघाटका माओवादीहरुखानेपानी मुहानसरसफाई गर्दै नीलकण्ठ -७ का माओवादीहरुअभियानको तयारी बैठक बस्दै त्रिपुरासुन्दरीका माओवादीहरुअभियानको तयारी बैठक बस्दै गंगाजमुनाका माओवादीहरुअभियानमा जादैँ नीलकण्ठ १ मा माओवादीहरु
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |