मानव बेचबिखन तथा ओसार पसार विरुद्धको १७ औं राष्ट्रिय दिवस धादिङमा पनि मनाइएको छ ।
दिवसको अवसरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा धादिङबेसी पुछार बजार देखी बिचबजार सम्म प्रभातफेरी गरिएको हो ।
प्रभातफेरीमा ‘मानव बेचविखन बिरुद्ध सारा नेपाली एक हौं, हाम्रो चाहना मावन बेचविखन रहित समाजको परिकल्पना, एउटै लक्ष्य एउटै सार मानव बेचविखनको अन्त्य हाम्रो सरोकार’ लगायत लेखिएको प्लेकार्ट सहित बजार परिक्रमा गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रे, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, विभिन्न सरकारी तथा गैर सरकारी संघ सस्थाका प्रतिनिधीहरुको सहभागि रहेको थियो ।
सन् २००२ मा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क सम्मेलनबाट पारित बालबालीका बेचबिखन विरुद्धको महासन्धीलाई स्मरण गर्दै २०६३ बाट नेपालमा यो दिवस मनाउन थालिएको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |