धादिङ,१४ भदौ ।
धादिङमा जन्मिएर बेल्जियममा व्यवसायी गरिरहनुभएका समाजसेवी लोक प्रसाद दाहालले एनआरएनए निर्वाचनमा सचिव पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत दाहालले आफुले सचिवमा पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । एनआरएनएका बर्तमान कोषाध्यक्ष समेत रहनु भएका दाहालले एनआरएनएको सचिब पदमा उम्मेद्बारी घोषणा गर्नुलाई विशेष महत्वको साथ हेरिएको छ । ईमान्दार,अनुशासन तथा सबैसँग मिलेर काम गर्ने सक्ने क्षमता भएका दाहाल एनआरएनए भित्र स्वच्छ छवी बनाएका व्यक्ति हुन् ।
बेल्जियमलाई कर्म थलो बनाएका ब्यबसायी दाहाल एनआरएनए बेल्जियमको महासचिब,अध्यक्ष,आइसिसीको सह–कोषाध्यक्ष हुँदै हाल कोषाध्यक्ष रहनुभएका छन् । नेपालमा विपत्ती आउदा होस वा विदेशमा रहेका नेपालीहलाई अप्ठेरो पर्दा दाहालले सहयोग गर्दै आईरहनुभएको छ । व्यवसाय सँगै परोपकारी कामलाई पनि निरन्तरता दिनुभएका दाहालले नेपालमा विभिन्न सामाजिक कायमहरु गरिसक्नु भएका छन् ।संगठन भित्र हुने बहस र बिबादमा सधैं मध्यमार्गी भुमिकामा रहेर संस्थाको हितमा आफ्नो अभिमत राख्नेहुने दाहाललाई एनआरएनए भित्र आशा लाग्दा नेताको रुपमा हेरिएको छ ।नेपालका शिर्ष राजनीतिज्ञ सँगको सुमधुर सम्बन्ध र सहकार्य गर्न सक्ने क्षमता भएका दाहाललाई एनआरएनए भित्र सबैले मन पराएका व्यक्ति हुन् ।
संस्था भित्र पारदर्शितालाई मुलमन्त्र बनाएका दाहालले सचिबको रुपमा खुल्ला बहस र छलफल चलाऊने, एनसीसीका गतिबिधिलाई अन्तरराष्ट्रियकरण गर्ने र आइसिसीका गतिबिधिमा प्रत्येक पन्जिक्रित सदस्य र शुभचिन्तकहरुको पहुच बनाउने उदेश्य साथ सचिव पदमा उम्मेद्वारी दिनुभएका हुन् । कोषाध्यक्ष पदमा रहदा दाहालले धेरै सुधारका काम गरिसक्नु भएका छन् । केन्द्रिय कार्यालयको मितब्ययी सन्चालन, सभासम्मेलन र् अधिबेशनमा हुने अनाबस्यक खर्च कटौती र नियन्त्रण , संस्थाको बेरोजु फस्र्यौटमा अति कठोर कदम बनेर, त्यसबाट देखिने गरि कोषको बृद्धि गरेर आफ्नो क्षमता देखाईसक्नु भएका छन् । दाहालले व्यक्तिगत तथा संस्थागत रुपमा सामाजिक काम गर्दै आईरहनुभएको छ । नेपाल लगायत दक्षिण एसियाली देश र अफ्रिकाका देशहरुमा पनि आफ्नो परोपकारी कामलाई फैलाउनु भएको छ । हाहालले नेपालमा विद्यालय निर्माण,खानेपानी,पुस्तकालय,स्वास्थ्य चौकी,स्वास्थ्य शिविर,धार्मिक तथा ऐतिहासिक संरचनाको पुनःनिर्माण तथा दिनदुखीहरुलाई आर्थिक सहयोग गर्दै आईरहनुभएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |