धादिङ,१० भाद्र ।
नेपाल सुन चाँदी कला व्यवसायी संघ धादिङको अध्यक्षमा पुन ः रमेश गुरुङ चयन हुनुभएको छ । शनिबार सम्पन्न १६ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितति चयन भएको हो।
कार्यसमितिको उपाध्यक्षमा निर बहादुर विश्वकर्मा, सचिवमा बाबुराम रसाइली र कोषाध्यक्षमा गणेश बराइली चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा कुल बहादुर विश्वकर्मा (अनिल), अशोक सुनार, विकेन्द्र सुनार, कुलबहादुर सुनार (मनिष), सिताराम सुनार, डिलबहादुर विश्वकर्मा, जीवन सुनार चयन हुनु भएको छ ।
नयाँ कार्यसमितिको बैठकले सन्दिप बराइलीलाई सदस्यमा मनोनित गरेको छ । अध्यक्षमा पुनः निर्वाचित भएपछि गुरुङले अघिल्लो कार्यकालमा पूरा गर्न बाँकी रहेका कामलाई अघि बढाउँदै धादिङका सुन चाँदी व्यवसायिको हक हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
सुन चाँदी कला व्यवसायी संघ धादिङको १६ औ वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनको उद्घघाटन शनिवार केन्द्रिय कार्य समितिका अध्यक्ष घनश्याम रिजालले गर्नुभएको थियो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |