धादिङ । जिल्ला खेलकुद विकास समितिको कार्यालय भवन उद्घाटन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जिल्ला खेलकुद विकास समिति धादिङको कार्यालय भवन बुधबार एक कार्यक्रमको बिच उद्घघाटन गर्नु भएको हो ।
भवन उद्घघाटन समारोहलाई सम्बोधन गर्नुहुँर्दैै मुख्यमन्त्री जम्कट्टेलले तोकिएको समयभन्दा अगाडी नै सम्पन्न गर्न सफल भएकोमा खेलकुद समिति धादिङ र निर्माण ब्यवसायीलाई धन्यावाद ब्यक्त गर्नु भएको थियो । प्रदेश भित्रको ४ जिल्लाका खेलकुद विकास समितिलाई कार्यालय भवन निर्माणको लागि बजेट छुटाएकोमा भवन निर्माण सम्पन्न गर्ने धादिङ पहिलो भएको उहाँले बताउनु भयो । खेलक्षेत्रमा बागमती प्रदेश भित्र धादिङ जिल्ला खेलकुद गतिबिधिका हिसाबले अगाडि रहेको मुख्यमन्त्री जम्कट्टेलले भनाई छ । उहाँले खेलकुद विकास समितिको आफ्नै कार्यालय भवन भएपछि जिल्लामा व्यवस्थित ढंगले खेलकुद गतिबिधि संचालन हुने र समिति मातहतमा रहेका सबै खेलकुद विधाहरु संगठित गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।
त्यसैगरी सम्बोधनकै क्रममा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले धादिङबेशी–साङकोष–तिप्लिङ सडक अब प्रदेशले बनाउने बताउनुभएको छ । उहाँले उक्त सडकलाई बहुवर्षिय आयोजना स्वीकृत गरेर प्रदेशले बनाउने बताउनु भएको हो । रुवीभ्याली जाने बाटोलाई अब संघीय सरकारले बजेट नहाल्ने भन्दै उहाँले यसको जिम्मा प्रदेशले लिन तयार भएको बताउनु भएको छ । छिट्टै प्रादेशिक सडक गुरुयोजना पास गर्ने बताउदै मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो,‘धादिङको ३५ वटा सडकमा बजेट राख्नेछौ,एक नम्बरमा धादिङबेशी साङकोष तिप्लिङ सडकलाई राखेर यसपालिबाटै बहुवर्षिय आयोजना स्वीकृत गरेर प्रदेशले बनाउनेछ ।’
जम्कट्टेलले रुवीभ्यालीे एकिकृत विकासको छुट्टै कार्यालय स्थापना गरेर अगाडी बढ्ने पनि बताउनुभएको छ । धादिङमा प्रदेश सरकारबाट बजेट धेरै आएको भएतापनि काम नहुने, फ्रिज हुने गरेको गुनासो गर्नुभयो । धेरै पालिकामा प्रदेशले पठाएको बजेट कार्यान्वयन नभएको भन्दै जिल्लामा आएको बजेटलाई व्यवस्थित ढङगले सदुपयोग गर्न मुख्यमन्त्री जम्कट्टेलले सबैलाई आग्रह गर्नु भएको छ ।
बागमती प्रदेश सरकारले उक्त भवन निमार्णका लागि १ करोड विनियोजन गरेपनि ठेकेदार कम्पनी अन्नकन्या निर्माण सेवा प्रा.लि.ले ७१ लाखमा टेन्डर पारी भवन निर्माण सम्पन्न गरेको खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले बताउनुभयो । उहाँले भवन निर्माणका लागि सहयोग र समन्वय गर्ने सबैलाई धन्यवाद समेत दिनु भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |