बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले रोजगारी सिर्जना गर्नु नै सरकारको मुख्य लक्ष्य रहेको बताउनुभएको छ । प्रदेश श्रम तथा रोजगार नीति, २०८० सार्वजनिक गर्दै उहाँले संविधानको मर्ममा रहेर प्रदेश श्रम तथा रोजगार नीति तयार पारिएको बताउनु भएको हो ।
“श्रमको अधिकार प्रदेशमा खासै छैन तर पनि भएको अधिकारलाई प्रयोग गर्न नीति बनाइएको हो”, उहाँले भन्नुभयो । प्रदेश सरकारले समुदायमा आधारित कृषिको मोडेलमा रहेर १४ वटा पकेट क्षेत्र बनाई २० हजार किसान समेट्ने उल्लेख गर्दै मुख्यमन्त्री जम्कट्टेलले गृहिणी महिलालाई पनि श्रममा जोडेर लैजाने सरकारको नीति रहेको बताउनुभयो । त्यस्तै, युवा क्षमता विकासका कार्यक्रम र दक्ष जनशक्ति बनाई वैदेशिक रोजगारका लागि सक्षम बनाउन सरकार लागी पर्ने उहाँको भनाइ थियो ।
उहाँले आवश्यक ऐन कानून बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै सामाजिक सुरक्षा कोषमा सबै अनौपचारिक श्रमिक र औपचारिक श्रमिकलाई समेट्ने बताउनुभयो । “श्रम ऐन लचिलो हुनुपर्छ, तर अहिले त्यस्तो छैन ऐनमा केही विवादित अवस्था पनि छ”, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो । श्रम र रोजगार मात्र नभई प्रदेश सरकारले यातायात क्षेत्रलाई पनि व्यवस्थित बनाउने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले श्रम बजार र श्रमिकलाई बलियो बनाउन नीतिले भूमिका खेल्ने बताउनुभयो । सीप विकासको क्षमता बढाउनुका साथै विश्व बजारमा श्रमिकलाई प्रतिस्पर्धी बनाउन नीतिले महत्त्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो । उहाँले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन थप कार्यालय विस्तार गरिनुका साथै सूचना प्रविधिमैत्री बनाइने जानकारी दिनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |