धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका–१ स्थित रिगाउँ पहिराको जोखिममा परेको छ । बस्ती माथिबाट भासिएर पहिरो झर्ने खतरा बढेपछि रिगाउँका ६३ घर जोखिममा परेका हुन् ।
अहिले भासिन थालेको स्थानभन्दा तलका घर खालि गरेर सुरक्षित स्थानतर्फ सारिरहेको गाउँपालिकाका विपद व्यावस्थापन संयोजक तथा वडा नं ३ का वडा अध्यक्ष राज कुमार गुरुङले बताउनुभयो ।
गाउँभन्दा माथिका जमिन भासिन थालेको छ । त्यही भासिन थालेको ठाउँभन्दा मुनि बस्ती छ । करिब ६३ घरजति पुरिने अवस्थामा पुगेको गुरुङले बताउनुभयो ।
हिजोदेखि लगातार पानी परिरहेको र बिहान स्थानीयवासी घाँस काट्न जाने क्रममा जमिन भासिएको देखेर गाउँमा खबर गरेका थिए । सरोकारवाला सबैले गएर गएर हेर्दा थप जोखिम हुने सक्ने भएकाले बस्ती खाली गर्न सुरु गरिएको विपद व्यावस्थापन संयोजक गुरुङको भनाइ छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |