धादिङ । पुस्तक तथा स्टेशनरी ब्यवसायी संघ धादिङको १७ औ बार्षिक साधारण सभा तथा आठौ अधिबेशन सम्पन्न भएको छ ।गुणस्तरीय उत्पादन,मर्यादित ब्यापार निति निर्माणमा पहुँच साङ्गठनिक आधार भन्ने नाराका साथ सम्पन्न साधारण सभाले कृष्ण प्रसाद रिमालको अध्यक्षतामा नयाँ कार्य समिति समेत चयन गरेको छ ।
नवगठित समितिको प्रथम उपाध्यक्षमा रस्मिता अधिकारी, द्धितिय उपाध्यक्षमा दान बहादुर श्रेष्ठ (हरि), सचिवमा राम प्रसाद रुपाखेती,सह– सचिवमा विष्णु खनाल, कोषाध्यक्षमा रविन्द्र रिजाल रहेका छन् । नव गठीत समितिको सदस्यहरुमा सरिता रुपाखेती, धुव्रराज ईटनी, राजेन्द्र रानामगर,अनिश श्रेष्ठ, सन्तोष दुवाडी, रोस्मित अधिकारी, कल्पना अर्याल र राजेन्द्र मिश्र रहेका छन् ।
साधारणसभाकै अवसरमा बिनोद कडेलको संयोकजत्वमा ३ सदस्यीय लेखा समिति पनि चयन गरीएको छ । जसको सदस्यहरुमा नविन श्रेष्ठ र रामप्रसाद रिजाल चयन भएका छन् ।
साधारण सभा तथा अधिबेशन संघका निवर्तमान अध्यक्ष पन्चकुमार श्रेष्ठको अध्यक्षता तथा संघका बागमती प्रदेशका अध्यक्ष नारायणकुमार श्रेष्ठको प्रमुख आतिथ्यता र संघका बागमती प्रदेशका सल्लाहकार सदस्य तुलसी प्रसाद अधिकारीको बिशेष आतिथ्यता रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |