धादिङ,१२ साउन ।
धादिङमा डेंगु संक्रमित हुनेको संख्या दिन प्रति दिन बढ्दै गइरहेको छ । बिहीबार ५७ जनामा डेंगु संक्रमण पुष्टि भएकोमा शुक्रबार ६० जनामा संक्रमण पुष्टि भएको छ । आज नीलकण्ठ नगरपालिकाका ५८ जना, खनियाबासका १ जना र अन्य जिल्लाबाट परिक्षण गरिएको १ जना गरी ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
स्वास्थ्य कार्यालय धादिङको तथ्याङका अनुसार साउन १ देखि जिल्लामा ४०२ जना डेंगु संक्रमित भइसकेका छन् । जसमा २१६ जना पुरुष र १८६ जना महिला रहेका छन् । कुल संक्रमित मध्ये ३७१ जना नीलकण्ठ नगरपालिकाका रहेका छन् ।
जिल्लाको ज्वालामुखी गाउँपालिकामा १० जना, सिद्धलेक, खनियावास र गंगाजमुना गाउँपालिकामा ४/४ जना, गल्छी, त्रिपुरासुन्दरी र रुवीभ्यालीमा २ जना, बेनीघाट रोराङ र नेत्रावती डबजोङ गाउँपालिकामा १/१ जना संक्रमित भएका छन् । धुनीबेशी नगरपालिका, थाक्रे गाउँपालिका, गजुरी गाउँपालिका भने डेँगु संक्रमितको संख्या शून्य रहेको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |