धादिङ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा प्रतिवद्ध रहेको बताउनु भएको छ ।धादिङ जिल्ला स्तरीय पुर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण घोषणा सभालाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
बागमती प्रदेश सरकारले निति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई बिशेष हेरेको भन्दै धादिङ अस्पताललाई १०० वेडको अस्पताल बनाउने कार्य यसै बर्ष कार्यान्वयन हुने बताउनु भएको छ । उहाँले अघिल्लो बर्षमा घोषणा भएपनि कार्यान्वयनमा ल्याउन नसकेको भन्दै यस बर्ष धादिङ अस्पतालको स्तरउन्नती हुनेमा बिश्वास दिलाउनु भयो । उहाँले १०० वेडको अस्पतालको काम यहि साउन बाट नै सुरु हुने बताउनु भएको छ । उहाँले स्वास्थ्य क्षेत्रमा कार्यरत महिला स्वयसेविकाहरुको सेवा सुविधारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै आगामी दिनमा आफुले सहयोग गर्ने बताउनु भएको छ । उहाँले बजेट बिनियोजनमा धादिङको नेत्रावती,ज्वालामुखी र खनियाबास गाउपालिकालाई कम भएको भन्दै आगामी दिनमा त्यसलाई सच्याएर केहि राहात प्रदान गर्ने बताउनु भएको छ । त्यसका लागी आर्थिक मामिला मन्त्रि संग कुरा भैसकेको समेत उहाँको भनाई छ ।
मुख्यमन्त्री जम्कट्टेलले धादिङको किन्ताङफेदी पुलको डिपिआर ल्याए कात्तिक मंसिर बाट कामको थालनी हुने गरी बजेट बिनियोजन गर्न आफु प्रतिवद्ध रहेको समेत बताउनु भएको छ । उहाँले परम्परावादी बिकासको मोडेलले अव काम नहुने भन्दै स्थानिय तहका प्रमुखहरुलाई खानेपानी,स्वास्थ्य,सरसफाई, फोहोर ब्यवस्थापन र शिक्षा जोड दिन आग्रह समेत गर्नु भएको छ । उहाँले बजेटको ट्रेनलाई यस पाली अलि चेन्ज गर्न खोजेको भन्दै अव छिट्टै प्रादेशिक सडक गुरुयोजना निर्माण गर्न लागेको समेत बताउनु भयो । उहाँले यस पालीको बजेट पुर्वाग्राही मुक्त बजेट भएको समेत दावी गर्नु भएको थियो । उहाँले फरक प्रसङ्गमा प्रदेशका कार्यालयहरुको सेवा अव जिल्ला जिल्लामा एकिकृत घुम्ती मार्फत लैजाने योजना भएकोले साना तिना कामको लागी प्रदेश धाउने बाध्यताको अन्त्य हुने समेत बताउनु भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |