चालु आर्थिक वर्ष २०८०/८१ मा नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा खानेपानी शुद्धताको लागि २ वटा संकलन ट्यांकी संरचनाको निर्माण सम्पन्न भएको छ ।
मंगलबार धौखोला रामकोट लाइन सञ्चालनमा ल्याए सगैं चालू आर्थिक वर्षमा २ वटा संरचनाको निर्माण सम्पन्न भएको निलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनुभयो ।
वडावासीले खानेपानीमा थप शुद्धता प्रदान गर्ने उद्देश्य यस्ता किसिमको संरचनाको निर्माण गरिएको वडा अध्यक्ष श्रेष्ठले वताउनुभयो ।
यस आ।व २०८०/८१ मा खानेपानी शुद्धताको लागि ट्रीटमेन्ट प्लान्ट, १८ कि।मि। मुख्य पाइपलाइन, ९ कि।मि वितरण लाइन २ वटा संकलन ट्यांकी र ९ वटा इन्टेकको संरचनाको निर्माण कार्य सम्पन्न भएको छ ।
विगतदेखिको विकराल खानेपानीको समस्यालाई समाधान गर्दै कुल घर परिवारको ८० प्रतिशत घरमा शुद्ध खानेपानीको सुनिश्चितता संगै एक घर एक धाराको व्यवस्था गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
बाँकी २० प्रतिशतको निर्माण कार्यपनि चाँडै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |