असार,१७ धादिङ ।
पर्यटन प्रवद्र्धन तथा स्थानीयलाई स्वरोजगार बनाउने उदेश्यले धादिङको खनियावास गाउँपालिकामा ३ दिने होटल व्यवस्थापन तथा कुक तालिम सम्पन्न भएको छ। गणेश हिमाल पर्यटन विकास समितिको सहकार्यमा ३ दिने होमस्टे व्यवस्थापन तथा कुक तालिम सम्पन्न भएको हो। गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले तालिमको आयोजना गरीएको गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले जानकारी दिनुभयो ।
स्थानीयहरुलाई प्रोत्साहन स्वरुप बैकल्पिक आयआर्जनमा सहयोग पुग्ने अपेक्षा सहित तालिमको आयोजना गरीएको भन्दै तामाङले होमस्टे सँचालन गरी आर्यआर्जनमा टेवा पुर्याईने उदेश्य रहेको बताउनुभयो ।होमस्टेका माध्यामबाट आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्नुको साथै स्थानीयलाई स्वरोजगार बन्न निकै ठुलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाले युवाहरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु ल्याएको भन्दै उहाँले आगामी दिनमा पनि युवा लक्षित कार्यक्रम अन्तरगत व्यवसायीक सिपलाई जोड दिईने समेत बताउनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |