धादिङ,०९ असार ।
अपाङ्गता भएका व्यक्तिहरुको लागि मौरी पालन तालिम धादिङबेशी संचालन भएको छ । धादिङ नेत्रहिन संघ धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा ३ दिने मौरी पालन तालिम संचालन भएको हो ।
समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम अन्र्तगत दश प्रकारका अपाङगता भएका व्यक्तिहरुका लागि तालिम संचालन गरिएको हो ।
तालिममा नीलकण्ठ नगरपालिका भित्रको १४ वटै वडाका ३६ जना अपाङगता भएका व्यक्तिहरुको सहभागिता रहेको छ ।
अपाङगता भएका व्यक्तिहरुको आयआर्जनमा सहज पु¥याउनको मौरी पालन तालिम संचालन गरिएको नेपाल नेत्रहिन संघ धादिङका अध्यक्ष ज्ञानेन्द्र लम्सालले जानकारी दिनुभयो ।
तालिमलाई सम्बोधन गर्नुहुँदै नगरपालिकाका उपमेयर दिपक विश्वकर्माले नगरपालिकाले आगामी आर्थिक वर्षहरुमा पनि अपाङ्गता भएका व्यक्तिहरुको लागि बजेट छु्ट्याउने बताउनुभएको छ । साथै अपाङगता भएका व्यक्तिहरुको जिविको पार्जनको निम्ति मौरी पालन तालिमलाई निरन्तरता दिने पनि उहाँले बताउनुभयो ।
तालिममा मौरी पालनको विधि, मौरी चिन्ने तरिका, बजार व्यवस्थापनको बारेमा कृषि शाखा प्रमुख मनिसा तिवारीले प्रशिक्षण दिनुभएको छ ।
मौरी पालन तालिम पश्चात तालिममा सहभागि व्यक्तिहरुलाई मौरी सहितको घार वितरण गरिनेछ ।
नेत्रहिन संघ धादिङको अध्यक्ष ज्ञानेन्द्र लम्सालको अध्यक्षतामा संचालन भएको तालिममा नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्य रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |