धादिङ– धादिङका बाँदरपीडित किसानहरुले धादिङबेसीमा विरोध र्याली गरेका छन् । ‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, बाँझो बारीको क्षतिपुर्ति दे, राष्ट्रको सान किसानको सम्मान’ भन्ने लगाएतका नारा लगाउदै जुलुस गरेका हुन् ।
धादिङको नीलकण्ठ नगरपालिका, ज्वालामुखी र त्रिपुरासुन्दरी गाँउपालिकाका बाँदर पीडित किसानहरुले सम्बन्धित कार्यालयहरुको ध्यानाकर्षण गराउदै ज्ञापनपत्र पनि बुझाएका छन् । बाँदरले नष्ट गराएको बाली समेत बोकेर र्यालीमा उत्रिएका किसानहरुले कृषि ज्ञान केन्द्र, डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालयमा बाँदर नियन्त्रण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
बाँदरले खेतबारीमा मात्रै नभएर घरमा राखेको अन्नबालीमा समेत क्षति गरेको नीलकण्ठ नगरपालिका वडा नं ९ का तिल प्रसाद लम्सालले बताए । बाँदरबाट आजित किसानले बर्षेनी सरोकारवालालाई जानकारी गराउँदा पनि किसानको माग सुनुवाइ नभएको र समस्या ज्यूँका त्यूँ भएको लम्सालको भनाई छ ।
नीलकण्ठ नगरपालिका वडा नं ९ कै नवराज दुवाडीले बाँदर आतङ्ककै कारण कतिपय ठाँउमा खेतीयोग्य जमिननै बाँझो बनेको बताए । बारम्बार स्थानिय प्रशासन, कृषि, बन लगाएतका निकायलाई गुर्हादा पनि सुनवाई नभएको भन्दै आक्रोश व्यक्त गरे । हुलमा आउने बाँदरहरुले अन्नबाली नाससँगै महिला, केटाकेटीलाई आक्रमण समते गर्ने भएकोले झन समस्या भएको कुमारी दुवाडीले बताइन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |