धादिङ,०५ असार ।
अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरु जिल्ला हुलाक कार्यालय धादिङमा विरोध सहित धर्ना बसेका छन् । सरकारले बजेट भाषण मार्फत देशभरका अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेसँगै धादिङका कर्मचारीहरु आन्दोलित भएका हुन् ।
कर्मचारीहरुले अतिरिक्त हुलाक खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलन गर्ने कर्मचारीहरुले चेतावनी दिएका छन् । सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको तलव सुविधा बृद्धि गरिरहँदा सरकारले अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीलाई असमान र अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यको बुदा नं. ३७४ मा उल्लेखित अतिरिक्त हुलाक खारेज गर्ने भन्ने निर्णयप्रति अतिरिक्त हुलाक एशोशीएसन धादिङले सरकारको ध्यानाकर्षण गराएको छ ।
समय सापेक्ष अतिरिक्त हुलाक स्तरोन्नती र आधुनिक व्यवस्थापन गर्नुको सट्टा खारेजीको निर्णयले कर्मचारीलाई आन्दोलित बनाएको एशोशीएसन धादिङका अध्यक्ष बुद्धिराज थपलियाले बताउनु भयो ।
अतिरिक्त हुलाक कार्यालयमा हुलाक प्रतिनिधि, हुलाकपत्र वितरक र डाक वाहक भन्ने तीन तहका कर्मचारी छन् । हुलाक प्रतिनिधिले आठ हजार तीन सय १० रुपैँया तलव पाउँछन् भने वितरक र डाकवाहकले मासिक सात हजार दुई सय ७५ रूपैयाँ तलव पाउँछन् । राज्यले अहिले ती कर्मचारीहरूलाई घर न घाट बनाउन लागेको थपलियाले बताउनु भयो ।
धादिङमा ३७ ओटा अतिरिक्त हुलाक छ । एक सय ३३ जना कर्मचारी छन्। जिल्ला हुलाक कार्यालय मार्फत सेवा सुविधा लिँदै आएका छन् । कार्यालय खारेज गर्ने नै भएपनि उचित सम्मान सहित कर्मचारीलाई विदाई गर्नुपर्ने कर्मचारीहरुको माग रहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |