सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा वैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सचिव डा अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको खानेपानी मन्त्री महिन्द्र राय यादवले जानकारी दिनुभयो।
डा अर्याल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायतमा सचिव हुनुहुन्थ्यो ।
बैठकले मुख्यसचिव शङ्करदास वैरागीको राजीनामा स्वीकृत गरेको छ । सरकारले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |