धादिङ,२१ जेठ
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका कृषकहरुलाई भंैसी वितरण गरिएको छ । आर्थिक वर्ष २०७९\८० को स्वीकृत वार्षिक भैसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाको पशु विकास शाखाले कृषकहरुलाई भैसी वितरण गरेको हो।गाउँपालिकाको शर्सत अनुदानमा प्रदेश सरकारबाट वडा नं २ का लागि भैंसी प्रवद्र्धन कार्यक्रम अन्तरगत त्रिपुरासुन्दरी वडा नं २ को ब्रछा कृषि तथा पशुपंन्छी सामुहिक फर्मलाई कार्यक्रम परेकोले पहिलो चरणमा १४ वटा मुर्रा प्रजातिको भैंसी वितरण गरिएको गाउँपालिकाको पशु विकास शाखा अधिकृत जवार यादवले जानकारी दिनुभयो ।
कृषकलाई गाउँपालिका अध्यक्ष राजु उप्रेती र प्रमुख प्रशासकीय अधिकृत तिलाराम विकको रोहवरमा वितरण गरिएको हो ।दोस्रो चरणमा २२ वटा भैँसीको पाडी र १० वटा दुहुना भैँसी समेत वितरण गर्ने योजना रहेको यादवले बताउनुभयो। हाल गाउँपालिका भित्र गाई, गोरु र बाच्छाबाछीमा मात्रै लम्पी स्किन डिजिज देखा परेको तर भैँसीमा देखा नपरेको उहाँको भनाई छ।उहाँले रोग लोगेको पशुलाई प्राथमिक उपचारहरु गरिरहेको र भ्याक्सिन खरिदको प्रक्रियामा लागेको बताउनुभयो। जिल्लाभर फैलिएको लम्पी स्किन डिजिज अझै बढ्ने क्रममा रहेको भन्दै पशु विकास अधिकृत यादवले पशुचौपायाको गोठहरु सफा राख्न र रोग लागेको पशुलाई छुट्टै राख्न कृषकहरुलाई आग्रह गर्नुभयो। उक्त रोगको संक्रमणबाट गाउँपालिकामा १ गाई मरेको यादवले बताउनुभयो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |