धादिङ,१५ जेठ
महिला सशक्तिकरण तथा नेतृत्व विकास तालिम आजदेखि धादिङबेशीमा सुरु भएको छ । हिमाल महिला उत्थान समाज धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा ५ दिने तालिम आजदेखि सुरु भएको हो।
महिलाहरुकोे क्षमता बृद्धि गर्ने र आगामी दिनमा महिलाहरुलाई आयआर्जनमा अगाडि बढाउने उद्श्यले तालिमको आयोजना गरिएको मेयर भिम प्रसाद ढुंगानाले बताउनुभयो । नगरपालिकाले हरेक कार्यक्रमहरु महिला मैत्री बनाएको ढुंगानाले बताउनुभयो ।
त्यसैगरी हरेक तहमा महिलाको नेतृत्व समान र समावेशी हुन आवश्यक रहेको नगरपालिकाका उपमेयर दिपक विश्वकर्माले बताउनुभयो । उहाँले महिलाको क्षेत्रमा धेरै कुराहरु परिवर्तन गनुपर्ने बताउनु भएको छ । नीलकण्ठ नगरपालिकाको १४ वटै वडाका ४० जना महिलाहरुको सहभागित रहेको तालिम शुक्रबासम्म संचालन हुनेछ ।
हिमाल महिला उत्थान समाज धादिङको अध्यक्ष शुसिला पाठकको अध्यक्षयतामा सञ्चालन भएको तालिममा नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाको प्रमुख अतिथ्य रहेको थियो भने उपमेयर दिपक विश्वकर्माको विषेश आतिथ्य रहेको थियो । कार्यक्रममा नगरपालिकाका सल्लाहाकार दिपक कोइराला, जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |