धादिङ,१२ जेठ
मानवअधिकार एलायन्स धादिङले प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च धादिङले सरकारसँग माग गरेको छ । मानवअधिकार एलाइन्स धादिङले बिहीबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।
‘नीति निर्माता र राज्य संचालकहरु नै मानव तस्करीको अपराधिक गतिविधिमा संलग्न हुनुभनेको राज्य व्यवस्था, शासन प्रणाली, राजनितिक दलहरु र कानुनी शासनप्रति अविश्वास सृजना गर्ने मुलुकको सार्वभौमसत्ता र नागरिकको आत्मसम्मानमा चोट पु¥याउने विषय हो । यस्ता अपराधिक घटनाहरु कोही कसैबाट पनि नदोहोरिने सुनिश्चितता गर्न दोषी माथि कडा कार्बाहि गरिनुपर्छ’, विज्ञप्तीमा उल्लेख छ ।
नक्कली भुटानी शरणार्थी बनाई नेपाली नागरिकलाई तेस्रो मुलुक पठाउने काममा सरकारका केही उच्च पदस्थ कर्मचारीहरु, पूर्व मन्त्रीहरु लगायत संलग्न भएको भन्ने समाचार प्रति मानव अधिकार एलाइन्सको ध्यानाकर्षण गराएको छ ।अनुसन्धान प्रक्रियालाई सहयोग गरि मुलुकमा अपराध नियन्त्रण गर्न सुशासनको प्रत्याभूति गराउन र मानव अधिकारको प्रत्याभूति गराउन समेत आग्रह गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |