राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री वीरेन्द्रप्रसाद महतोलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
सोही समारोहमा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले नवनियुक्त राज्यमन्त्री प्रमिला कुमारीलाई नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उहाँहरु दुबैलाई मन्त्री र राज्यमन्त्रीमा मङ्गलबार नियुक्त गर्नुभएको थियो । उहाँहरूको नियुक्ति र सपथसँगै वर्तमान मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |