धादिङ,३१ बैशाख
धादिङको नीलकण्ठ नगरपालिका र जापानको युशुहारा सिटीबिच १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना र युशुहारा सिटीका मेयर र हिसातो योशिदाले सहमपती पत्रमा हस्ताक्षर गर्नुभएको हो ।नीलकण्ठको कृषि पेशालाई यान्त्रिकरण र आधुनिकीकरण गर्ने,कृषकहरुको क्षमता अभिबृद्धी गर्ने,शिक्षामा गुणस्तर बनाउने,साथै शिक्षक र विद्यार्थीहरुलाई सिकाई आदान प्रदान गर्नको लागि जापानमा जाने व्यवस्था गर्ने,नीलकण्ठको विकास निर्माणको लागि युशुहारा सिटीले सहयोग गर्ने,नीलकण्ठको पर्यटन प्रवद्र्धन गर्नको लागि सहयोग गर्ने,नीलकण्ठ नगरबासीको क्षमता अभिबृद्धी गर्नको लागि नगरबासीहरुलाई केहि समयको लागि जापानमै सिक्नको लागि पठाईने,यसको लागि भाषाको व्यवस्था गर्ने,नीलकण्ठको विकासको लागि जापानको जाईका परियोजना मार्फत सहयोग गर्नको लागि परियोजना निमार्ण गर्ने,नीलकण्ठ नगरपालिकाबाट युशुहारा जानको लागि सबै खर्च व्यवस्थापनको लागि युशुहारा सिटीले त्यहाँको सरकारसँग आग्रह गर्ने लगायत १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।
द्धिपक्षीय हस्ताक्षर पछि सम्बोधन गर्नुहुदै नगर प्रमुख भीम प्रसाद ढुंगानाले भगिनी सम्बन्ध स्थापित भएपछि अब कार्यन्वयनको पक्षमा गएको बताउनु भएको छ ।नगरबासीको खुसिको कुरा भएको भन्दै उहाँले आफ्नै कार्यकालमा ठुलो परियोजना ल्याउनको लागि पहल गर्ने बताउनुभयो ।युशुहारा सिटीका मेयर हिसातो योशिदाले कोरोनाको कारण काम हुन नसकेको भन्दै अब नीलकण्ठको विकासको लागि युशुहारा सिटीले सहयोग गर्ने बताउनुभयो ।
एक आपसमा सिकाई आदान प्रदानको साथै जाईका मार्फत ठुलो परियोजना गर्नको लागि आफुले जापान सरकारसँग आग्रह गर्ने बताउनु भएको थियो । सम्झौता हस्ताक्षर कार्यक्रममा नगर उप प्रमुख दिपक विश्वकर्मा,प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,शाखा प्रमुख लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो । १० बुँदै सहमती पत्रमा हस्ताक्षर गर्नको लागि युशुहारा सिटीको टिम नीलकण्ठ नगरपालिकाको भ्रमण गरेको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |