भुजेल समाज सेवा समितिको केन्द्रिय अध्यक्षमा धादिङका खेमराज भुजेल निर्वाचित भएका छन् । समितिको सातौं महाधिवेशन बाट खेमराज भुजेललाई सर्वसहमत अध्यक्षमा निर्वाचित गरेको हो । खेमराजको नेतृत्वमा ३१ सदस्यिय नयाँ कार्यसमिति चयन गरिएको छ ।
महाधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्ष राजकुमार भुजेल र उपाध्यक्षहरू क्रमश कमल बहादुर भुजेल, केशर बहादुर खवास, बिमल जिसी, माया भुजेल, राम गोपाल भुजेल र कुल बहादुर भुजेल चयन भएका छन् ।
त्यस्तै महासचिव हिलारि बन्धु भुजेल चयन चएका छन् । सचिवहरुमा क्रमश कला भुजेल, पुष्पकला भुजेल, दुर्गा भुजेल, तिर्सन घर्ती, भिम भुजेल, कृष्णबहादुर भुजेल, गंगा बहादुर भुजेल, कोषाध्यक्ष बिल बहादुर भुजेल, सहकोषाध्यक्ष तिर्थ कुमार भुजेल चयन भएका छन् ।
सदस्यहरु क्रमश भुपाल खवास, सुभद्रा भुजेल, डिल बहादुर भुजेल, मन बहादुर भुजेल, सागर खवास, दिल बहादुर भुजेल, भेष बहादुर भुजेल, बिष्णु बहादुर भुजेल, सुरेन्द्र राज भुजेल, राम बहादुर भुजेल, तुलसी बहादुर भुजेल, ज्ञान बहादु भुजेल र हरिदेवी भुजेल चयन भएका छन् ।
४५ सदस्यीय कार्यसमितिमा सल्लाहकारसहित एक उपाध्यक्ष र बाँकी सदस्यहरू नयाँ कार्यसमितिको आगामी बैठकले टुंगो लगाउने छ । दुई दिनसम्म चलेको महाधिवेशन समाजका अध्यक्ष लोकबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, विशेष अतिथि बागमती प्रदेश सांसद शुष्मा भुजेल, आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जेन शेर्पा, लगाएतको आतिथ्यता रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |