धादिङ । धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुल भासिदा हिजो देखी अवरुद्ध धादिङको धार्के स्थितको पृथ्वी राजमार्गराजमार्ग एकतर्फी रुपमा सुचारु भएको छ ।
हिजो दिउँसोको वर्षाले पुल भासिएपछि बेलुकी ४ बजेदेखि अवरुद्ध राजमार्गको कारण यात्रुहरुले सास्ती बेहर्नुपरेको छ । हाल भासिएको पुलको छेउमा ग्याविन जालीमा ढुङ्गा हालेर अस्थायी रुपमा सडक खुलाईएको हो । हिजै देखि निरन्तर रुपमा मर्मत कार्य भएकोले हाल एकतफी रुपमा भनेपनि सुचारु गर्न सकीएको बताइएको छ ।
साना गाडीहरुले बैकल्पिक सडक प्रयोग गेरपनि ठुला गाडीहरु पास हुन नसक्दा राजमार्गको जाम आदामघाट सम्म आईपुगेको थियो एकतर्फी रुपमा सडक सुचारु भएपनि राजमार्गमा भएको सवारी चापले सवारी आवागमनमा सहजता हुन दिउँसो सम्म लाग्ने हाम्रा राजमार्ग स्थित स्थानिय समचारदाताहरुले बताएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |