होटल सङ्घ नेपाल (हान) को १४औँ अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित हुनुभएको छ । सङ्घको ४८औँ वार्षिक साधारणसभामार्फत शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित अध्यक्ष शाह एयरपोर्ट होटलका सञ्चालक हुनुहुन्छ ।
उहाँ यसअघि हानको प्रथम उपाध्यक्ष हुनुहुन्थ्यो । साधारणसभाबाट प्रथम उपाध्यक्षमा प्रवीणबहादुर पाण्डे, द्वितीय उपाध्यक्ष विनय तुलाधर, महासचिवमा साजन शाक्य र कोषाध्यक्षमा युवराज श्रेष्ठ चयन हुनुभएको छ ।
साथै कार्यसमिति सदस्यमा विधाता श्रेष्ठ, जयदिन श्रेष्ठ, सारिक अहमद लारी, विनोदशङ्कर श्रेष्ठ, दिनेश श्रेष्ठ, विशालकुमार कैंथ, राजेन्द्र भट्ट, रामकुमार पुरी, ठाकुरप्रसाद पोखरेल, लक्ष्मण अर्याल, विप्लव पौडेल र गोपाल राना, राजन श्रेष्ठ र सुमन घिमिरे चयन हुनुभएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |