धादिङ,१४ बैशाख
बैदेशिक रोजगारमा जाने व्यक्तिको श्रम स्वीकृति र पुनः श्रम स्वीकृति नीलकण्ठ नगरपालिकाबाट गर्न सकिने भएको छ।बैदेशिक रोजगार जानुपुर्व अनिवार्य रुपमा लिनुपर्ने श्रम स्वीकृति यसअघि काठमाण्डौबाट मात्र गर्न सकिने व्यवस्था रहेको थियो।स्थानिय तह बाटै श्रम स्वीकृति दिने सरकारको निर्णयलाई कार्यान्वयनमा ल्याउदै नीलकण्ठ नगरपालिकाले वैशाख १ गतेदेखि श्रम स्वीकृतिको आवेदन नगरपालिकाबाटै हुदैँ आएको छ।
नगरपालिका भित्रका सेवाग्राहीले अबदेखी श्रम स्वीकृति लिनको लागि नीलकण्ठ नगरपालिकामा आउनुपर्ने छ ।यो सँगै अब काठमाडौं धाउनु पर्ने बाध्यता हटेको छ।अनलाइन आवेदन कार्यका लागि नेपाली नागरिकताको सक्कल,भिसाको कागजात,करार सम्झौता पत्र,सम्बन्धित व्यक्तिको बैंक खाता विवरण,स्वास्थ्य परिक्षण र अभिमुखिकरण तालिमको प्रमाणपत्र,म्यादी जीवन बिमाको कागजात,कल्याणकारी कोषमा रकम तिरेको बैंक भौचर,पासपोर्ट साइजको फोटो २प्रती आवश्यक पर्नेछ।
वैदेशिक रोजगारीलाई भरपर्दो,सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको अनलाइन फारम नगरपालिकाको रोजगार सेवा केन्द्रमा गएर भर्न पाइने व्यवस्था गरिएको नीलकण्ठ नगरपालिकाका प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्यायले जानकारी दिनुभएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |