एसीसी प्रिमियर लिगको अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ । टियु मैदानमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा अलआउट हुँदै ८९ रनमा समेटियाे । जितसँगै नेपालले समूह ए को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।
कतारका लागि तीन खेलाडीले मात्र दोहारो अंकमा रन बनाए । खुर्रम शाहजाद र जाहिर ईब्राहिमले समान १५/१५ तथा अमिर फरिकले १४ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए । उनले ९ दशमलब १ ओभरमा १४ रन खर्चिएर ५ विकेट लिए ।सोमपाल कामीले ३ विकेट लिँदा ललितनारायण राजवंशीकाे नाममा २ विकेट रह्याे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ ओभरमा ४० दशमलव ४० रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले ५८ बल र ६ चौकाको मद्दतले सर्वाधिक ४२ रन बनाए । नेपाललाई ललित र सन्दिपलेले अन्तिम विकेटका लागि ४६ रनको साझेदारी गर्दै एक चरणमा २८ ओभरमा १११–९ बनाएको थियो ।
कप्तान रोहितकुमार पौडेलले २७ बलमा ३६ रन बनाए । ओपनर आसिफ शेख्लेले २७ बलमा १९ रन बनाए । कतारका बायाँ हाते फास्ट बलर अमिर फारुकले ९.३ ओभरमा ४२ रन दिएर ४ विकेट लिए । काइस अहमदले १० ओभरमा ३६ रन दिएर ३ विकेट लिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |