नेपालको जुनसुकै ठाउँबाट सञ्चालित एम्बुलेन्स अब एकीकृत प्रणालीमा आवद्ध हुने भएका छन् । एकीकृत प्रणालीमा आवद्ध गर्ने प्रत्रिया सम्बन्धी अध्ययन गर्न राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ ।
राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औं बैठकले अध्ययन समिति गठन गरेको हो । समितिले आगामी तीन महिना भित्र यो प्रणाली कार्यान्वयनमा ल्याउन आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी पाएको छ ।
समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सदस्य रहने गरी व्यवस्था गरिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |