सरकारले ५ वर्षमा गर्नुपर्ने सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नवीकरण गर्ने अवधि बढाएर १० वर्ष बनाउने प्रक्रिया सुरु गरेको छ । आज पत्रकारसँगको भेटघाट कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अबदेखि सवारी चालक अनुमति पत्र अर्थात् ड्राइभिङ लाइसेन्सको नवीकरण गर्ने अवधि १० वर्ष पु¥याउने प्रक्रिया अगाडि बढेको बताउनुभएको हो ।
यो व्यवस्था गर्दा अहिले यातायात कार्यालयहरूमा देखिएका समस्या थोरै भए पनि समाधान हुने र नागरिकलाई पनि सजिलो हुने अपेक्षा गरिएको मन्त्री ज्वालाले बताउनुभयो ।
उहाँले यो व्यवस्थालाई ऐनमा समेट्न सबै निकायसँग छलफल गरेर काम बढाइएको बताउनुभयो । यस्तै सवारी साधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेटको भाषामा तीन विकल्प राखिने पनि तयारी भइरहेको उहाँले बताउनुभयो ।
मन्त्री ज्वालाले सवारी साधनमा इम्बोस्ड नम्बर अङ्ग्रेजीमा मात्रै छापिएकाले केही आलोचना र गुनासोहरू आएको भन्दै मन्त्रिपरिषद्बाट निर्णय गरेर अङ्ग्रेजी, नेपाली र नेपाली र अङ्ग्रेजी दुवै प्रयोग गर्न पाउने व्यवस्था गरेको बताउनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |