साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । यसअघि सोमबार २.७२ अङ्कले बढेको सेयर बजार मंगलबार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसुचक १७.३६ अङ्कले बढेर १९०५.६८ विन्दुमा पुगेको छ । मंगलबार १३ उपसुचकहरु मध्ये म्युचुअल फण्ढ बाहेका सबै कम्पनीहरुमा उकालो लागेको छ ।
यसैगरी, २६४ कम्पनीको २७ लाख ५७० कित्ता सेयर कारोबार हुँदा ८८ करोड ५५ लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको हो । सबैभन्दा धेरै सिवम सिमेन्टको ७ करोड रुपैयाँको सेयर किनबेच भएको हो। यसैगरि कालिञ्चोक दर्शन को ३ करोड रुपैयाँभन्दा बढिको सेयर कारोबार भएको छ ।
यसैगरि मंगलबार तारागाउँ रिजेन्सी होटल लिमिटेड ८ प्रतिशत र खप्तड वितिय संस्था ७.८५ प्रतिशतले बढेको छ । यि कम्पनीले सर्वाधिक कमाएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |