साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दाेहाेराे अंकले घटेको छ ।
आइतबार नेप्से परिसूचक १८.८० अंकले ओरालो लागेको हो । योसँगै सुचक १८८५.६० को बिन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक ४ अंकले घटेको छ । सूचक ३५९.१३ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार कूल २६५ कम्पनीको २७ लाख ३४ हजार ३०७ कित्ता सेयर खरिद बिक्री हुँदा ८२ करोड ८५ लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ।
नेप्से सुचकमा २९ कम्पनीमा वृद्धि भएको छ । १८८ कम्पनीमा ओरालो लागेको र २ कम्पनी स्थिर रहेको छ । कारोबारको आधारमा मोलुङ हाईड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ३ करोड ११ लाख भन्दाबढि रुपैयाँको कारोबार गरेको छ । यसैगरि सिवम सिमेन्टको २ करोड ८९ लाखको कारोबार भएको हो ।
मंगलबार सबै उपसुचक कम्पनीहरुमा ओरालो लागेको छ । आइतबार सनराइस ब्लूचिप कोष, आदर्श लघुवित्त वित्तिय संस्था र कालिन्चोक दर्शनको १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |