धादिङ,६ बैशाख
धादिङबेसीमा रहेको चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालय आज(बुधाबार)देखी २६ बर्षमा प्रवेश गरेको छ।सस्तो, सुलभ र गुणस्तरीय शिक्षा दिने उद्देश्यले निजी क्षेत्रबाट वि.स. २०५३ सालमा स्थापित चिल्ड्रेनपार्क बोर्डिङ स्कुलले आजदेखी(बुधबार)बाट २६ बर्षमा प्रवेश गरेको हो।
स्थापनाकालमा पूर्व प्राथमिक र प्राथमिक तहका ७ वटा कक्षामा जम्मा १४७ जना विद्यार्थीहरुलाई अध्यापन गराउँदै सुरु भएको विद्यालयमा हाल १हजार ३ सय ३२ जना विद्यार्थी अध्यनरत रहेका छन् ।वि.स. २०५९ सालमा एस.एल.सी.मा समिम्लित हुदैँ उत्कृष्ट नजिता समेत ल्याउन सफल भएको थियो ।१० जना कर्मचारीबाट सन्चालन भएको विद्यालयमा हाल ७८ जना कर्मचारी कार्यरत रहेका छन् ।
जिल्लाको शिक्षा क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको विद्यालयमा हाल प्रि स्कुलमा ३६९ जना,प्राथमिक तह कक्षा १ देखी ५ सम्म) ४६६ जना,निमावि तह(कक्षा ६ देखी ८) सम्म २०२ जना, मावि तह –कक्षा ९ देखी १० सम्म) ७० जना,मावि तह(कक्षा ११ र १२) १७१ जना र स्नातक तहमा ७६ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन्।
वि.स.२०६२ मा जिल्लाकै पहिलो सर्वोकृष्ट निजी उ.मा.वि. साथै २०६६ मा जिल्लाकै पहिलो सर्वोकृष्ट निजी कलेजको रुपमा स्थापित हुँदै २०७३ देखि पुनः जिल्लामा नै विज्ञान समूहमा कक्षा ११ र १२ संचालन गर्ने पहिलो निजी संस्था रहेका प्रिन्सिपल श्रेष्ठले बताउनुभयो ।एउटै ढोकाबाट प्रवेश गरी प्ले ग्रुपदेखि स्नातक तहसम्म अध्यापन हुने भएकोले अभिभावकहरुमा विश्वास बढ्दै गएको विद्यालयले जनाएको छ।
विद्यालयमा कम्प्युटर ल्याब,साईन्स ल्याब,विद्यालय बस,अभिभावक प्रतिक्षालय, तथा विद्यालयमै अभिभावक र विद्यार्थीहरुको लागि मनोपरामर्श सेवा समेत प्रदान गर्दै आईरहेको छ।जिल्लामै पहिलो पटक आफ्ना विद्यार्थीहरुमा आउने(तनाव,चिन्ता,डर,पिर) मनोसामाजिक समस्याहरुलाई कम गर्नको लागि परामर्श सन्चालन गर्ने पहिलो विद्यालय समेत रहेको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |