काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्धको रिट सर्वोच्च अदालतको ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको हो ।
सोमबार अधिवक्ता पदम श्रेष्ठले महानगरसहित र मेयर बालेन शाहसमेतलाई विपक्षी बनाएर अदालतमा रिट दर्ता गरेका थिए । फोहोर उठाउने निर्णयबाट महानगर पछि हट्न नमिल्ने र फोहोर धेरै समय थुप्रिँदा रोग र दुर्गन्ध फैलिने भएकाले अन्तरिम आदेश जारी हुनुपर्ने माग रिटमा गरिएको छ।
संघीय सरकारले आफूले राखेको माग पूरा नगरेको भन्दै महानगरपालिकाका मेयर बालेन शाहले फोहोर संकलन गर्ने कम्पनीलाई सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका छन् । मेयरको निर्देशनपछि ८ दिनदेखि सिंहदरबारभित्रको फोहोर संकलन भएको छैन।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |