चालु आर्थिक वर्षको नौ महिनामा करिब रु साढे १४ अर्ब विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको तथ्याङ्क अनुसार रु १३ अर्ब ७७ करोड ४४ लाख १० हजार ५५९ लाभाशंवापत बाहिरिएको हो ।
विभागले यस अवधिमा रोयल्टीबापत रु दुई अर्ब ११ करोड छ हजार छ सय ३४, १२ लाख ४५ हजार ९१ अमेरिकी डलर, ३० करोड ६२ लाख ९६ हजार ६०९ भारतीय रुपैयाँ र सात हजार युरो विदेश लैजानका लागि विभागले सिफारिस गरेको छ ।
विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएपछि मात्र रकम विदेश लैजान पाइन्छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ ।
चैत महिनामा सवा तीन अर्ब लाभाशं फिर्ता
विभागले चैत महिनामा मात्रै रु तीन अर्ब १४ करोड ५३ लाख २२ हजार दुई ३५ लाभांश विदेश लैजान सिफारिस गरेको हो । रोयल्टीबापत चैत महिनामा मात्रै रु बीस करोड ६० लाख नौ हजार ५२६, ७३ हजार ३१३ अमेरिकी डबर, प्रन्ध लाख ४५ हजार ७८३ भारु फिर्ता लैजानेगरी स्वीकृति प्रदान गरेको हो ।
यस्तै, चालु आवको नौ महिनामा विभागले व्यवसायी भिसा अन्तर्गत एक हजार दुई सय २४ जना लगानीकर्ता, एक सय ८६ जना प्रतिनिधि र पाँच सय २४ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । चैत महिनामा मात्रै विभागले एक सय ६६ जना लगानीकर्ता, ४५ जना प्रतिनिधि र एक सय ४२ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।
नौ महिनामा दुई सय ९८ वटा उद्योगका लागि रु ४१ अर्ब २१ करोड २४ लाख ४२ हजार तीन सय ७३ लगानी प्रतिबद्धता आएको छ । जसमा चैत महिनामा मात्रै रु आठ अर्ब ९१ करोड १२ लाख ६४ हजार छ सय ९० विदेशी लगानी प्रतिबद्धता भित्रिएकोे छ ।
विभागको तथ्याङ्क अनुसार हालसम्म रु चार खर्ब ४७ अर्ब ३८ करोड १२ लाख ९३ हजार ७०४ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । विभाग अन्तर्गत वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाले गत वर्षको तुलनामा चालु आवमा रोयल्टी तथा लाभाशं रकम बाहिरिने अनुमान गरिएको जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |