धादिङ,३ बैशाख ।
नेपाल निजामती कर्मचारी युनियनको आयोजनामा आईतबार नयाँ बर्षको शुभकामना तथा भितेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।नेपाल निजामती कर्मचारी युनियनको भितेपात्तो विमोचन गर्नुहुदै नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारीले युनियनमा आबद्ध भएका कर्मचारीहरूलाइ जनताको काम गर्दा ढिलासुस्ती नगर्न आग्रह गर्नुभएको छ ।
नब बर्ष वि.स. २०८० सालको शुभकामना दिनुहुदै अधिकारीले कर्मचारीहरुको समस्यामा आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद गोविन्द लम्सालले विगतदेखीनै नेपाल निजामती कर्मचारी युनियनले कर्मचारीहरुको हक अधिकारको क्षेत्रमा काम गर्दै आईरहेको बताउनुभयो ।
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति धादिङका अध्यक्ष प्रकाश सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । प्रदेश सांसद गोविन्द लम्सालको विशेष आतिथ्यता रहेको कार्यक्रममा केन्द्रिय सदस्य कृष्ण बद्री पौडेल, विभिन्न संघ सस्थाका प्रतिनिधि र नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति धादिङका पदाधिकारीहरुका उपस्थित रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |