धादिङ,३० चैत्र ।
धादिङको खनियाबास गाउँपालिका–५ सत्यदेवीमा भएको अन्तरपालिका भलिबल प्रतियोगितामा खनियाबास गाउँपालिका प्रथम भएको छ ।
प्रथम राम बहादुर तामाङ(सेक्के) स्मृति कप अन्तरपालिका भलिबल प्रतियोगिता अन्तरगत बुधबार भएको फाईनल खेलमा रुवी भ्याली गाउँपालिकालाई पराजित गर्दै आयोजक खनियाबास गाउँपालिका प्रथम भएको हो ।
प्रथम भएको खनियावासले नगद १ लाख पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने दास्रो भएको रुवी भ्यालीले नगद ७५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै तेस्रो भएको सिद्धलेक गाउँपालिकाले नगद ५० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पाएकोे छ भने गंगाजमुना गाउँपालिका चौथो भएको छ।
वडा नं ५ का वडाअध्यक्ष रविन कुमार तामाङको अध्यक्षतामा भएको समापन समारोहमा गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङको प्रमुख आतिथ्य तथा उपाध्यक्ष सेक्केमान तामाङ र निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |