धादिङ,२६ चैत्र ।
जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा ५२ जनाको आँखा अप्रेसन गरिएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र धादिङ र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौको आयोजनामा शनिबार २३ जना र आईतबार २५ जनाको अपे्रसन गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका प्रमुख राम सिं तामाङले जानकारी दिनुभयो ।
५२ जना मध्ये ४८ जनाको मोतियाविन्दु र ४ जना मासु पलाएका बिरामीहरुको आँखा अप्रेशन गरिएको तामाङले बताउनुभयो ।
जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा अप्रेसनका लागि नाम टिपाएका बिरामीहरु र मुरलीभन्ज्याङको रामकोट सामुदायिक स्वास्थ्य इकाई, खाल्टे स्वास्थ्य चौकी, रीगाउँको तावल सामुदायिक स्वास्थ्य इकाई, सुनौला बजार स्वास्थ्य चौकी र नीलकण्ठ नगरपालिकाको वडा नं १० को कार्यालय भारमाले ज्यामरुङमा संचालन भएको आँखा शिविरमा छानिएका बिरामीहरुको आँखा अप्रेसन गरिएको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |