कृष्णराज अधिकारी
एक दिन मेरो अफिसमा नोर्साङ तामाङसँग भेट हुने अवसर प्राप्त भयो । गोरो अनुहार चस्मा लगाएका हेर्दा चाइनिज जस्ता देखिने उनी बोली व्यवहारमा पनि अत्यन्तै फरासिला रहेछन् । धादिङको अत्यन्तै विकट र दुर्गम क्षेत्र भनेर चिनिने तिप्लीङ गाउँमा जन्मेर हाल कसरी स्नाकोत्तरसम्म उत्तीर्ण गर्नसके होलान् भन्ने मेरो जिज्ञासा रह्रयो । कफिसँगै नोर्साङसँग भएको हल्का कुराकानीहरु लेख मार्फत पस्कने कोसिस गरेको छु ।
२०४२ साल मंसिर १ गते बाबु साल्गेन लामा र आमा सनकी रानी घलेको कोखबाट जन्मिएका नोर्साङका तीन दाजुभाई र दुई दिदी बहिनी रहेछन् । सानो उमेरमा बाबुआमा सँगै लेकको भेडीगोठ र हिउँसँग लाप्पा खेल्दै हुर्किएका उनको शिक्षा भने कक्षा ५ सम्म गाउँकै दोङदेन प्रावि तिप्लिङबाट सुरुवात भयो । तामाङ परिवारमा लामा हरु शिक्षा दिक्षाामा अलि अगाडि बढेको देखिन्छ । त्यसैले नोर्साङले पनि एसएलसी सम्म मुक्राप मावि सेर्तुङमा पढी २०६० सालमा नियमित तर्फबाट उत्तीर्ण गर्न सफल भए ।
त्यस बेलाको सेर्तुङ तिप्लिङ भनेको धादिङ जिल्लाको निकै विकट क्षेत्र थियो । सदरमुकामबाट झण्डै ३,४ दिनको कठीन पैदल यात्राबाट मात्र त्यस स्थानमा पुग्न सकिन्थ्यो । अहिलेको जस्तो बाटोको पहुँच थिएन । अधिकांश गाउँहरु तामाङको बाहुल्यता रहेको र स्वास्थ्य शिक्षामा पनि कमजोर रहेका त्यस क्षेत्रका बासिन्दाहरुको धर्म भने बौद्ध नै प्रमुख थियो । तर इसाइहरु पनि त्यस्तै दुर्गम र अशिक्षित क्षेत्रको पहिचान गरी स्वास्थ्य शिक्षा र विकासको दुहाई दिदै भित्रभित्रै क्रिश्चियन धर्म प्रचार गर्न तल्लिन भए । जसको प्रभाव उत्तरी क्षेत्रमा प्रकट रुपमा देखिदै गएको छ ।
तिनै इसाई मध्येका एक जना म्याकबल भन्ने फादरले नोर्साङको तिक्ष्ण दिमागलाई निहाली रहेका रहेछन् । सबै आफ्नै खर्चमा हुनेगरी उनलाई अस्कल क्याम्पसमा विज्ञान विषय पढ्ने व्यवस्था गरी काठमाडौंमा कोठा खोजी राख्दिएछन् । सोही क्याम्पसमा आइ यस सी पढी रहने क्रममा फादरको नेपाल बस्ने भीसा सकिएछ । त्यसैले अब नोर्साङलाई सहयोग गर्न नसक्ने भएछन् । नोर्साङको पनि घरको आर्थिक अवस्था कमजोर उनले बिचमै पढाई छोड्न पर्ने बाध्यता आएछ ।
अस्कल क्याम्पस पढ्ने क्रममै उनको गलत साथीहरुसँग संगत हुन पुग्यो । उनका साथीहरु लागु पदार्थका दुव्र्यसनी भैसकेका रहेछन् । गाँजा, चरेस, अफिम जस्तो कुराहरुको सेवन गर्नु सामान्य कुरा थियो । संगतले गर्दा नोर्साङले पनि लागु पदार्थ सेवन गर्न थालेछन् । दुव्र्यसनकै लतले गर्दा कहीलेकाही उनीहरुको बास सडक पेटीमा पनि हुन्थ्यो रे ।
एक दिनको कुरा हो एउटा साथी धेरै बेरसम्म भत्किएको पाटीबाट बाहिर आएनछन् । अनि नोसाङले साथी बाहिर किन आएनन् त भनि हेर्न जाँदा साथीले त भित्तामा बेस्सरी टाउको ठोकाउँदै रुदै गरेको देखेछन् । बुझ्दै जाँदा साथीलाई औषधीको डोज कम भएको रहेछ । त्यसपछि नोर्साङलाई लाग्यो अब मलाई पनि यस्तै हुन्छ । यदी मैले यि साथीहरुको संगत छोडिन भने अकालमै मृत्यु हुने छ । अनि उनी ती साथीहरुलाई छोडी भागेछन् । अन्य भने उनको दुखका दिन झन् धेरै आएछ । कैयौ दिन उनी घरको काम मा इट्टा बोक्ने गिट्टी बोक्ने, बालुवा बोक्ने काम गर्न थालेछन् । दिनभर कुल्ली काम गर्ने बेलुका अरु ज्यामीहरुसँगै सडक पेटीमै बाँस बस्ने उनको दिनाचार्य बन्न थाल्यो ।
यस्तैमा एक दिन उनका आफन्त र शुभ चिन्तकहरुले ग्रामीण आदर्श मावि मा १२ कक्षा पढ्न सल्लाह दिँदै भर्ना गरी दिएछन् । यहीबाट नोसाङको जीवनमा शिक्षाको उज्यालोले छाउन थाल्यो । उक्त विद्यालयबाट १२ कक्षा उत्तीर्ण गर्दै महेन्द्र रत्न क्याम्पसमा अँग्रेजी विषय लिदै स्नातक र स्नाकोत्तर तहसम्म उत्तीर्ण हुन सफल भए ।
नोर्साङलाइ धेरै पटक विदेश जान अफर नआएको पनि होइन । लेकाली केटा, बोलीचाली राम्रो, अँग्रेजी राम्रोसँग बोल्न सक्ने, हेर्दा लोभलाग्दो त्यसैले
केही विदेशीहरुले त उनलाई धर्मपुत्र पनि बनाउन चाहेका रहेछन् । जर्मनी देखि अमेरीका सम्म जाने अवसर पनि नमिलेको होइन । तर नोर्साङलाई आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने लागेछ। आफ्नो आँगन अगाडीको पाविल हिमाल, गणेश हिमाल, गुम्बाहरु भ्mराहरु बन पाखा र भेडिगोठको सम्झनाले सताई रहयो । मैले गाउँमै गएर केही गर्नु पर्छ भन्ने लागि रहयो । त्यसैले उनी गाउँकै दोङदेन मा।वि। मा शिक्षक बनि आफ्नो भाई बैनीहरुलाई पढाउन थाले । हाल उनी सोही विद्यालयका प्रधानाध्यापक र स्थायी शिक्षक समेत छन् ।
गाउँमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई स्वागत गर्नु, रुविभ्यालीको वारेमा टाढा टाढा सम्म डकुमेन्टरी मार्फत प्रचार प्रसार गर्नु उनको दिनचार्या बनेको छ । दिनभर स्कुलमै आफ्ना विद्यार्थीहरुसँग रमाउँदै विदाको दिनमा समाज सेवा गर्नु नोर्साङको दैनिकी नै बनिसकेको छ ।
जीवनको बारेमा तपाई को कस्तो सन्तुष्टी छ त भन्दा उनी भन्छन् ू खै सर गाउँमा बसेर सेवा त गरियो तर आफ्नो खासै आर्थिक उन्नती हुन सकेको छैन् । आफु सरहका मानिसहरु युरोप अमेरीका सेटल भैसके । धेरै साथीले काठमाडौंमा घर बनाएका छन् । आफुलाई भने महिनामा दुई पटक सदरमुकाम जाँदा एक महिनाको तलब सकिन्छ । के खानु रु के लाउनु रुव्यवहार चलाउन पनि गाह्रो छ । मन अमिलो हुन थालेको छ सर । उनको यस भनाईले मलाई पनि कता कता नरमाइलो लाग्यो ।
देशमा राजनितिक परिवर्तन त आयो तर जनताहरुको जीवन स्तरमा केही परिवर्तन आएको छैन् । उही रोग, भोक,अशिक्षा र अभाव । अनि नोर्साङले मात्रै किन गाउँ कुरेर बास्नु । शरीरमा जोश जाँगर र हातमा सीप छदैँ युवा अवस्थामा विदेश पस्न सके उनले पनि त आफुमा परिवर्तन ल्याउन सक्थेहोलान् रु खोक्रो राष्ट्रियताको आदर्शले सुख सम्बृद्धि दिने हैन क्यार । के भन्नु र खै रुअ।खिर सबै युवाहरूको नियति यस्तै त छ !!
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |