धादिङ, १६ चैत ।
स्वतन्त्र विद्यायर्थी युनियन नीलकण्ठले निर्वाचित भएपछि आज पहिलो पटक प्रमुख जिल्ला अधिकारी रमेश ढकालसँग औपचारिक भेटघाट गरेका छन् ।
प्रमुख जिल्ला अधिकारीसँग परिचयात्मक गर्ने क्रममा नवनिर्वाचित स्ववियु सभापति कविराज श्रेष्ठले सार्वजानिक यातायातमा विद्यार्थीले पाउने भाडादर छुट नपाएको विषयमा ध्यान दिन आग्रह गर्नुभएको छ ।
स्वातन्त्र विद्यायर्थी युनियन निलकण्ठ बहुमुखी क्याम्पसको निर्वाचनमा विजयी हुनेहरुलाई प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बधाई दिँदै आगमी दिनमा राजनैतिक गतिविधिमा मात्रै नभई शौक्षिक गुणस्तर वृद्धिमा पनि स्ववियुले भुमिका खेल्नु पर्ने उहाँले बताउनु भयो । त्यसैगरी उहाँले स्ववियुले विद्यार्थीको हक हितको लागि उठाएको सार्वजनिक यातायातको भाडादर छुटमा छिट्दैमा कडाइका साथ लागू गर्न निर्देशन दिइने बताउनुभयो ।
निलकण्ठ बहुमुखी क्याम्पसको स्ववियुमा ने.वि.संघका कविराज श्रेष्ठकोे नेतृत्वमा रहेको प्यानल विजयी भएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |