धादिङ,१३ चैत ।
नीलकण्ठ नगरपालिकाको आयोजनामा तीन दिने महिला सशक्तिकरण सम्बन्धि तालिम धादिङबेसीमा हिजोदेखि जारी रहेको छ । सामाजिक समावेशिकरण महिला विकास अन्र्तगत महिला सशक्तिकरणको लागि तीन दिने तालिम संचालन गरिएको हो ।
तालिममा महिला अधिकार सम्बन्धि संवैधानिक व्यवस्था, सशक्तीकरण हुनकालागि के के हुनु जरुरी छ ? हामीले हाम्रा विचार अभिव्यक्त गर्न किन जरुरी छ र कसरी अभिव्यक्त गर्ने रु लैङ्गिक समानता के हो ? महिलालाई आयआर्जन किन जरुरी छ ? उद्यमशील महिलालाई राज्यको सहुलियत नीति के कस्तो छ ? र,मनोपरामर्श लगायतका विषयमा प्रशिक्षण दिइरहेको नीलकण्ठ नगरपालिकाका महिला निरिक्षक निर्मला केसीले बताउनुभयो ।
तालिममा नीलकण्ठ नगरपालिकाको १४ वटै वडाका विभिन्न पेशामा आबद्ध अगुवा महिला, एकल महिला र किशोरीहरू लगायतको सक्रिय सहभागी रहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |