धादिङ ११ चैत ।
धादिङको ज्वालामुखीमा झुटो विवरण पेश गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन् । प्रकाउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ का श्याम बहादुर नगरकोटी, उनका श्रीमती हिममाया नगरकोटी र चितवनको रत्ननगर वडा नम्बर १२ टाँडी घर बताउने अमिर खान रहेका छन् ।
झुटो विवरण पेस गरेर बनाएकै जन्मदर्ताको आधारमा नेपाली नागरिकता (वंशज) प्रमाणपत्रका लागि अनुसुची १ बमोजिमको फारमसमेत भरी सकेपछि शङ्का लागि वडा कार्यालयले प्रहरीलाई खबर गरेपछि अनुसन्धान गर्ने क्रममा झुटो प्रमाणित भएको उनले जानकारी दिए ।
पक्राउ परेका तीनै जनालाई झुटो विवरण पेश गरी जन्मदर्ता प्रमाणपत्र बनाएको कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो । उनीहरुलाई धादिङ जिल्ला अदालतले शुक्रबार ४ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |