धादिङ,१० चैत
बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि त्रिपुरासुन्दरी गाउँपालिकाले २०८० साल भित्र गाउँपालिका बालमैत्री पालिका अबलम्बन तथा घोषणा गर्ने लक्ष्य सहित कार्य गरिरहेको उपाध्यक्ष देवराज धरेलले बताउनु भएको छ ।बिहीबार त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ ले बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा बालमैत्री आचार संहिता तथा कार्ययोजना तर्जुमा कार्यशाला उद्घाटनको अवसरमा उपाध्यक्ष धरेलले सो कुरा बताउनु भएको हो ।
कार्यशालामा त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर खतिवडाले गाउँपालिकामा बालमैत्री स्थानीय शासन अबलम्वन तथा घोषणा गर्ने कार्य कुनै परियोजना कार्यान्वयन नभएर यो बालबालिकाको सर्वोत्तम हित ,सर्वाङ्गिण बिकास र अर्थपूर्ण सहभागीताको सिद्धान्तमा आधारित सवालहरुलाई स्थानीय तहको निति ,योजना , संरचना र कार्य प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्धति भएकोले यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि स्थानीय तहको भएकोले त्रिपुरासुन्दरी गाउँपालिकाले बालमैत्री स्थानीय शासन घोषणाको लागि वडागत रुपमा सकारात्मक प्रतिस्पर्धाका साथ अभियानको रुपमा अगाडि बढाईएको बताउनु भयो ।
कार्यवाहक वडाध्यक्ष डिल नारायण कुमालको अध्यक्षतामा भएको कार्यक्रममा बालमैत्री स्थानीय शासन वडा समितिका पदाधिकारीहरु सहित १९ जनाको सहभागीता रहेको थियो । बालमैत्री बनाउन अभियानलाई सार्थक दिने उद्धेश्यले सञ्चालन गरिएको बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाको लागि वडातहमा गर्नु पर्ने कार्ययोजना र बालबालिका , अभिभावक , बिद्यालय , जनप्रतिनिधिहरुको लागि बालमैत्री आचार संहिता गरि कार्यान्वयन गर्न सम्बन्धि कार्यशाला गरिएको महिला तथा बालबालिका शाखा प्रमुख मिना देवकोटाले बताउनु भयो ।
कार्यशालामा बालमैत्री स्थानीय शासन अबलमम्वन बालबालिका सम्बन्धि निति ,कार्यान्वयनका खुड्किला शुरु, ३६ वटा सेवाप्रवाह र १५ संस्थागत गरि ५१ वटा सुचकहरु पूरा गर्न स्थानीय तहको वडास्तरमा गर्नुपर्ने कार्यहरु र बालबालिकाहरुको बस्तुगत विवरण तयारी, लगानी योजना ,आचार संहिता लगायत बिषयमा गैरसरकारी संस्था महासंघका बागमती प्रदेशका निबर्तमान अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको त्रिपुरासुन्दरी गाउँपालिका महिला तगा बालबालिका शाखा प्रमुख मिना देवकोटाले जानकारी दिनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |