धादिङ,९ चैत
नेत्रावती डबजोङ गाउँपालिकामा जारी निःशुल्क दन्त शिविरमा बुधबार ३६ जनाले सेवा लिएका छन् ।नेत्रावती डबजोङ अस्पतालमा संचालन भएको सनशुल्क शिविरमा ३६ जनाले सेवा लिएका हुन् ।मुख स्वास्थ्य प्रर्वद्धन गर्ने उद्धेश्यले आयोजना गरिएको दन्त शिविरमा दाँत उखेल्ने, दाँत सफा गर्ने लगायत दात सम्बन्धि सम्पुण उपचार गरिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बद्री पौडेलले बताउनुभयो ।
यस्तै आईतबार ४२ जना र सोमबार ७९ जना र मंगलबार ४६ जनाको दन्त परिक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताउनुभयो ।
गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा हिमालयन हार्ट एण्ड ट्रेक एडभेन्चर प्रा.लि., भैरबी देन्त्तोकेयर नेपाल डेन्टल क्लिनिक र हेल्पिङ ह्याण्डस फर डेन्टल केयर नेदरल्याण्डसको आर्थिक तथा प्राविधिक सहयोगमा आईतबार देखि सुरु भएको शिविर आज सम्म संचालन हुनेछ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |