बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई पुरस्कृत गर्ने भएको छ । प्रदेश सरकारले खेलाडीहरुलाई जनही रु एक÷एक लाख पुरस्कार दिने घोषणा गरेको हो ।
क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकामा प्रोत्साहनस्वरुप सो रकम पुरस्कार दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।
क्रिकेट खेलाडीहरुले उत्कृष्ट खेलेका कारण देशको शिर उचाइमा पु¥याएकामा प्रदेश सरकारले गौरव गरेको उहाँले बताउनुभयो । युएईमाथि प्राप्त जितले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप छनोटमा पुगेको होे । विश्वकप लिग–२ का सहभागी सात टोलीमध्ये शीर्ष तीन टोली विश्वकप छनोटमा पुग्ने प्रावधान रहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |