काठमाण्डाै, २८ फागुन
आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज युनाइटेड अरब इमिरेट्स -यूएई_सँग खेल्दैछ ।खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुर मैदानमा सुरु हुनेछ।नेपाल र यूएईबीच एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म ११ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल ५ पटक र यूएई ६ पटक विजयी भएकाे छ ।
कीर्तिपुर मैदानमा भएका तीन खेलमा नेपालले २ वटामा जितेको छ।नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अङ्ककासाथ पाँचौँ स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अङ्ककासाथ चौथो स्थानमा छ।
नेपालले आजको खेलमा यूएईलाई हराउँदा ३६ अङ्ककासाथ चौथो स्थानमा उक्लिनेछ।आज जितेमा बाँकी दुई खेलमा पराजित भए पनि नेपाल शीर्ष पाँचमा रहँदै सोझै एकदिवसीय मान्यता कायम हुनेछ । यूएईको ३३ खेलमा १४ मा जित र १६ मा हारसहित ३१ अङ्क छ । यूएई छैटौँ स्थानमा छ।
नेपाललाई सोझै विश्व कप छनोट खेल्न भने बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ।यूएई शीर्ष तीनबाट बाहिरिएको छ।नेपालले पछिल्लो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५२ रनले हराएको थियो । यो शृङ्खला क्रिकेट लिग–२ को अन्तिम शृङ्खला हो।नेपालले भोलि पीएनजीसँग र बिहीवार अन्तिम खेलमा यूएईसँग खेल्नेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |