धादिङ,१८ फागुन ।
स्थानीय तहका रोजगार संयोजकहरुसँगको दुई दिने अन्तरक्रिया कार्यक्रम धादिङबेसीमा बिहिबार सम्पन्न भएको छ ।सुरक्षित आप्रवासन(सामी)कार्यक्रम र रोजगार संयोजक बीच समन्वय तथा सहकार्य गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रम राखिएको (सामी) कार्यक्रमका सामाजिक परिचालन अधिकृत सम्झना भण्डारीले जानकारी दिनुभयो।स्थानीय तहमा रहेका बेरोजार युवाहरुलाई रोजगारी दिने र बैदेशिक रोजगारलाई कसरी सुरक्षित, भरपर्दो र लाभदायी बनाउने भन्ने विषयमा छलफल भएको सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले बताउनुभयो।
कार्यक्रममा सामी परियोजनाका कार्यक्रम अधिकृत भागिराम चौधरीले बैदेशिक रोजगारको वर्तमान अवस्था,अवसर र चुनौती, सुरक्षित वैदेशिक रोजगारको लागि रोजगार संयोजक र सामी परियोजना बीच हुनुपर्ने समन्वय तथा सहकार्यको विषयमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।
यसैगरी सामी परियोजनाका कार्यक्रम संयोजक दुवाडीले सामी कार्यक्रमले गर्ने काम, रोजगार सेवा केन्द्र र आप्रवासी श्रोत केन्द्र बिच सम्भावित सहकार्य,बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागि पुनःएकिकरण कार्यक्रम सम्बन्धी छलफल र कार्यक्रमको आन्तरिकरणको विषयमा जानकारी गराउनु भएको थियो ।यसैगरी कार्यक्रमका सामाजिक परिचालन अधिकृत सम्झना भण्डारीले कार्यक्रमको उदेश्य र सामी कार्यक्रम र रोजगार संयोजकबिच हुनुपर्ने सहकार्य र आगामी रणनीतिको विषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले सहभागीहरुलाई तनाव भनेको के हो ? तनावको प्रकार,तनाव ल्याउने नकारात्मक प्रभाव र तनाव व्यवस्थापनको विधिहरुको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा धादिङका १३ वटा स्थानिय तहका रोजगार संयोजकहरुको सहभागिता रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |