बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणको लागि साधारण शेयरको बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित दरमा ८० हजार नौ सय ५० कित्ता साधारण शेयरको सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गरेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । निष्कासित शेयरमा सर्वसाधारण लगानिकर्तले यही फागुन २३ गतेसम्म अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणाली अनुसार तथा अनलाईनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खदिरको आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवद्र्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ भने कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएन्पी आईआर बिबी माइनस्’ प्रमाणपत्र प्रदान गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |